समूह ठेगाना
बिधानः २०........
प्रस्ताबना
खेतिमा संलग्न कृषकहरुको संस्थागत क्षमता बिकास गरी उन्नत खेति प्रणाली मार्फत गुणस्तर उत्पादन तथा उत्पादकमा बृदि गर्न, आन्तरिक र वाहय बजारमा ..............को उच्च मुल्य प्राप्त गर्न र ........... किसानहरुले ............को गुणस्तर उत्पादन गर्न ,समान कामको समान
ज्याला निर्धारण गर्न, स्थानीय तह, प्रादेशिक तह र राष्ट्रिय तहमा ........... सम्बन्धि पहुच र नियन्त्रण कायम गरि नीति निर्माण गर्न, कफी किसानको हक अधिकार प्राप्त गर्न तथा ........... किसानहरुको आर्थिक तथा सामाजिक बिकास गर्न पर्याप्त हुन नसकेकोले यस ठेगाना मा ........... खेती प्रणलीमा सुधार, ........... को गुणस्तर उत्पादन गरि आन्तरिक र वाहय बजारमा उचित मुल्य प्राप्त गर्न, ........... किसानहरुको हक अधिकार प्राप्त गर्न तथा समान कामको समान ज्याला प्राप्त गरि यस क्षेत्रका ........... किसानहरुलाई सेवा पुर्याउने उदेश्यको साथमा........... किसानहरुको भेलाबाट कृषक समुह गठन गरी यो बिधान तयार गरिएको छ ।
ज्याला निर्धारण गर्न, स्थानीय तह, प्रादेशिक तह र राष्ट्रिय तहमा ........... सम्बन्धि पहुच र नियन्त्रण कायम गरि नीति निर्माण गर्न, कफी किसानको हक अधिकार प्राप्त गर्न तथा ........... किसानहरुको आर्थिक तथा सामाजिक बिकास गर्न पर्याप्त हुन नसकेकोले यस ठेगाना मा ........... खेती प्रणलीमा सुधार, ........... को गुणस्तर उत्पादन गरि आन्तरिक र वाहय बजारमा उचित मुल्य प्राप्त गर्न, ........... किसानहरुको हक अधिकार प्राप्त गर्न तथा समान कामको समान ज्याला प्राप्त गरि यस क्षेत्रका ........... किसानहरुलाई सेवा पुर्याउने उदेश्यको साथमा........... किसानहरुको भेलाबाट कृषक समुह गठन गरी यो बिधान तयार गरिएको छ ।
परिच्छेद १
प्रारम्भिक
१ संक्षिप्त नाम र प्रारम्भ
क) यस बिधानको नामः
ख) यस समुहको कार्यक्षेत्रः
ग) यस समुहको नामः
घ) यो बिधान ........... कार्यलयमा दर्ता भए पछि लागुहुनेछ ।
२. परिभाषा
क) बिधान भन्नाले ........... को बिधानः२०७५ लाई जनाउछ ।
ख) आ. ब. भन्नाले श्रावण १ गते देखि असार मसान्त सम्मको अवधिलार्इृ जनाउछ ।
ग) समुह भन्नाले कृषक समुह लाई जनाउछ ।
घ) समिति भन्नाले कार्यसमिति लाई जनाउछ ।
ङ) दफा भन्नाले यस बिधानको दफा तथा उप दफालाई जनाउछ ।
च) नियम भन्नाले यस समुहको बिधान अनुसार बनेको नियमलाई जनाउछ ।
छ) साधरण सभा भन्नाले बिधान अनुसार बस्ने सम्पूर्ण साधारण सदस्यहरुको भेलालाई जनाउंछ ।
ज) कार्यसमिति भन्नाले बिधान बमोजिम गठन भएको कार्यकारिणी समितीलाई जनाउछ ।
झ) सदस्य भन्नाले समितिको बिधान अनुसार सदस्यता प्राप्त ब्यक्तिहरुलाई जनाउछ ।
३. समुहको छाप र चिन्ह
।
४. समितिको कार्यालय
यस समितिको कार्यालय ........... मा रहनेछ ।
परिच्छेद २
उद्देश्य
यस समितिको उद्देश्य देहाय बमोजिम हुनेछ ।
परिच्छेद ३
सदस्यता
६.सदस्यताको किसिम
क) साधारण सदस्य
ख) सल्लाहकार सदस्य
७. सदस्यताको लागि योग्यता
समुहको उद्धेश्य प्रति बफादार ब्यक्तिहरु यस समुहको सदस्यताको लागि योग्य हुनेछन् ।
क) नेपाली नागरीक भएको हुनु पर्ने ।
ख) १८ बर्ष उमेर पुगेको हुनु पर्ने ।
घ) समुहको उद्धेश्य प्रति इमान्दार भएको हुनु पर्ने ।
८. सदस्यताको लागि अयोग्यता
देहाय बमोजिमको कुनै ब्यक्ति समुहको सदस्य नहुन सक्छन् ।
क) गैर नेपाली नागरीक र १८ बर्ष उमेर नपुगेको ।
ख) कफि खेतिमा संलग्न नभएको तथा कार्यक्षेत्र भन्दा बाहिर बसोबस गर्ने ब्यक्ति ।
९. सदस्यमा बहाल नरहने ।
क) दफा ८ बमोजिम सदस्य हुन नसक्ने भएमा ।
ख) साधारण सदस्यको २ तिहाइ बहुमतले समुहको सदस्य पदबाट हटाउने प्रस्ताब पेश गरेमा ।
ग) समुह सदस्यहरुले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।
घ) समुहको काम कार्बाहीमा बेइमानी वा बद्नियत गरेको कुरा प्रमाणित भएमा ।
ङ) यस विधानले गर्नै नहुने भनि तोकिएको कुनै कार्य गरेमा ।
च) मृत्यु भएमा तर सदस्यको मृत्यु भएमा त्यस परिवारबाट अर्को सदस्यलाई समाबेस गरिनेछ । तर कुनै पनि ब्यक्तिलाई पदमा बहाल अयोग्य ठहराउनु अघि निजलाई सफाई गर्ने मौका दिईने छ ।
१०. सदस्यता शुल्क तथा नबिकरण
क) साधारण सदस्य
समुहको साधारण सदस्यता प्राप्ति गर्नको लागि यस कफि कृषक समुहमा प्रवेश गरि पाउ भनि प्रवेश शुल्क बापत रु. ........... ।– साथमा राखी साधारण सदस्यताको लागि निबेदन गरेपछि समुहको निर्णयले सदस्यता प्रदान गर्न सकिने छ।यस प्रकारको सदस्यता प्राप्त सदस्यहरुले बार्षिक रुपमा रु ........... ।– तिरि सदस्यता नबिकरण गर्नुपर्छ ।
ख) समुहले आवश्यक ठानेको तथा समुहलाई सहयोग गर्ने बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तिहरुलाई समुहले निर्णय गरी सल्लाहकार सदस्यमा मनोयन गर्न सक्नेछ ।
माथी उल्लेखित सबै किसिमका सदस्यता कार्यसमितिको निर्णय अनुसार प्रदान गरिनेछ ।
परिच्छेद – ४
साधारण सभा तथा कार्य समिति
११. साधारण सभाको गठन
(क) यस समुहको बिधान अनुसार योग्यता भई साधारण सदस्यता लिने सम्पूर्ण ........... कृषकहरु साधारण सभाका सदस्य हुनेछन् ।
१२. साधारण सभा
क) यस समुहको सदस्यता लिने साधारण सदस्यहरुले भाग लिन पाउने गरि आर्थिक बर्ष समाप्त भएको मितिले ........... महिना भित्र साधारण सभाको सभा बस्नेछ ।
(ख) साधारण सभा बस्ने बारेको एजेण्डा सहित समुहको कार्यसमितिले कम्तिमा १५ दिन अगाडिनै सबै साधारण सदस्यहरुलाई लिखित जानकारी गराउनु पर्नेछ ।
(ग) साधरण सभाको गण पुरक संख्या ........... बहुमत नै हुनेछ ।
(घ) पहिलोपटक गणपुरक संख्या नपुगेमा १० दिनको सुचना गरि साधारण सभा बोलाइनेछ, यस पटक ४० प्रतिशतलार्इृ र तेश्रो पटक ५ दिनको सुचना प्रकाशित गरि साधारण सभा बोलाइनेछ यस पटक उपस्थित सदस्य संख्यालाई गणपुरक मानिनेछ ।
(ङ) साधारण सभामा उपस्थित सदस्यहरुको बहुमतले कुनै पनि प्रस्ताब माथि निर्णय गर्न सक्नेछ ।
(च) समितिको अध्यक्ष, उपाध्यक्ष साधारण सभाको अध्यक्ष र उपाध्यक्ष भइ अध्यक्षता गर्नेछन् ।
(छ) अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले र उपाध्यक्षको पनि अनुपस्थिति भएमा साधारण सभाले तोकेको सदस्यले अध्यक्षता गर्ने छ ।
१३. बिशेष साधारण सभा
(क) मताधिकार पाएको सम्पुर्ण साधारण सदस्यहरु मध्ये दुई तिहाई साधारण सदस्यहरुले बिशेष साधारण सभा बोलाउन आवश्यक ठानि समुहमा निबेदन गरेमा समुहले १० दिन भित्रमा बिशेष साधारण सभा बोलाउन सक्नेछ ।
(ख) बिशेष साधारण सभामा बिशेष प्रस्ताब बाहेक अन्य प्रस्ताबहरु माथि छलफल गरि निर्णय गरिने छैन।
१४. साधारण सभाको काम कर्तब्य र अधिकार
(क) समुहको बार्षिक कार्यक्रम, बजेट तथा योजना तयार गर्ने ।
(ख) समुहले गरेको कार्यको निरिक्षण, अनुगमन र मुल्यांकन गरी आवश्यक निर्देशन गर्ने ।
(ग) बार्षिक आय, ब्ययको लेखापरिक्षण गर्ने, गराउने तथा देखिएको बेरुजु असुल उपर गर्न लगाउने।
(घ) नया पदाधिकारीको चयन गर्ने।
(ङ) समयानुकुल तथा बिधानको प्रस्तावना अनुकुल हुने गरी बिधान संसोधन गर्ने ।
(च) बिधान अनुकुल हुने गरी नियम बनाउने र लागु गर्ने ।
(छ) बिधान अनुरुपको अन्य काम गर्ने ।
१५. कार्य समितिको गठन
(क) बिधान बमोजिम सदस्यता प्राप्त गरेका समुह सदस्यहरु मध्येबाट उमेरद्धार भई कार्यसमिति पदाधिकारीहरुको चयन हुनेछ ।पदाधिकारीहरुको पदावधि ........... बर्षको हुनेछ ।बिशेष परिस्थतिमा थपघट गर्न सकिनेछ ।
(ख) साधारण सभाको सम्पुर्ण सदस्यहरु पदाधिकारीहरुका लागि मतदाता हुनेछन् ।
(ग) कार्यसमितिमा निम्नअनुसारका पदाधिकारी हुनेछन् ।
...........
(घ) कार्य समितिको कुनै पनि पद रिक्त हुन आएमा समितिको निर्णयले बाकि अवधिका लागि पदपुर्ति गर्न सक्नेछ । तर उक्त निर्णय साधारण सभाबाट अनुमोदन गराउनु पर्नेछ ।
१६.समितिको बैठक
(क) समितिको बैठक प्रत्येक महिनाको १ पटक अनिबार्य रुपमा बस्नेछ । आवश्यक परे जुनसुकै बेला पनि बैठक बस्न सक्नेछ ।
(ख) समितिको निर्णय बहुमतको आधारमा हुनेछ मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(ग)ंसमितिको बैठकमा बहुमत सदस्य उपस्थित भए गणपुरक संख्या पुगेको मानि बैठक संचालन गरिने छ ।
(घ) बिशेष परिस्थिति परेको खण्डमा अध्यक्षले ........... दिन भित्रमा कार्य समितिको बैठक बोलाउन सक्नेछ ।
(ङ) कार्य समितिको बैठकको सुचना ........... दिन अगाडिनै सचिवले सदस्यहरुलाई जानकारी दिनु पर्नेछ तर नियमिति मासिक बैठकको सुचना गरिने छैन ।
(च) समितिको ........... प्रतिशत सदस्यहरुले बैठक बोलाइ पाउ भनि लिखित निबेदन पेश गरेमा समितिको बैठक बस्नु पर्नेछ ।
(छ) समितिको बहुमतले गरेको निर्णय मात्र मान्य हुनेछ ।
(ज) कुनै पनि समितिको सदस्य बैठकमा बिना जानकारी लगातार ३ पटक अनुपस्थित भएमा स्वत पदमुक्त हुनेछ ।
१७. कार्य समितिको काम ,कर्तब्य र अधिकार
(क) ........... समितिको बैठक सन्चालन गर्ने र निर्णय गर्ने ।
(ख) साधारण सभाले गरको निर्णयहरु कार्यन्वयन गर्ने तथा गराउने ।
(ग) समुहको उदेश्य प्राप्त गर्न साधारण सदस्यहरुलाई समुहमा काम, कर्तब्य र अधिकार तोक्ने ।
(घ) समुहले सन्चालन गर्ने योजना तथा कार्यक्रमहरुको रेखदेख निरिक्षण तथा मुल्यांकन गर्ने ।
(ङ) समुहको बार्षिक बजेट तथा योजनाहरु साधारण सभामा पेश गर्ने ।
(च) यस समुहको बिधान अनुकुल हुनेगरी नियम बनाई साधारण सभामा पेश गर्ने ।
(छ) समुहको चल अचल सम्पति समुहको उद्धेश्य प्राप्त गर्नका लागि धितो बन्धक र किनबेच समेत गर्ने ।
(ज) समुहको उद्धेश्य अनुसारको अन्य काम गर्ने ।
परिच्छेद ५
१८.पदाधिकारीहरुको काम तथा कर्तब्य
१ . अध्यक्ष
२. उपाध्यक्ष ३. सचिव ४. सह सचिव
५. कोषाध्यक्ष
६. सदस्यहरु
परिच्छेद ६
आर्थिक ब्यबस्था
१९ आर्थिक श्रोतहरु
यस समुहको आर्थिक श्रोतहरु देहाय बमोजिम हुनेछन् ।
(क) समुह सदस्यहरुबाट प्राप्त सदस्यता शुल्क।
(ख) समुहले आर्जन गरेको अन्य रकमहरु।
(ग) सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुबाट प्राप्त अनुदान तथा जिन्सि सामान।
(घ) चल अचल सम्पतिबाट हुने आम्दानी ।
(ङ) बिभिन्न श्रोतबाट प्राप्त जग्गा जमिन दान चन्दा वा नगद उपहारहरु।
२० कोषको सन्चालन
(क) यस समुहको बिधान बमोजिम प्राप्त भएका रकमहरु समुहको नाममा स्थानिय बैंक वा सहकारी संस्थामा खाता खोलि अध्यक्ष, सचिब र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट संचालन गरिने छ ।
(ख) यस समुहको आय ब्यय तथा जिन्सि सामानहरुको लेखा तथा अभिलेख राख्ने बिधि प्रचलित कानुन बमोजिम हुनेछ ।
२१. लेखा परिक्षण
क) समुहको लेखा परिक्षण प्रचलित कानुन बमोजिम गरिनेछ ।
ख) संबन्धित निकायले चाहेमा जुनसुकै समयमा पनि हिसाब किताब जांच्न वा जचाउन सक्नेछ ।
ग) समुहको लेखा परिक्षण प्रतिबेदन गा.पा. तथा अन्य संबन्धित कार्यालमा पेश गरिनेछ ।
परिच्छेद ७
बिबिध
२२. निर्बाचन संबन्धि ब्याबस्था
समुहको पदाधिकारीहरुको निर्बाचनको लागि बहाल रहेको पदाधिकारीको म्याद समाप्त हुने साधारण सभाबाट सर्बसम्मत नयां पदाधिकारी चयन गरिने छ । निर्बाचन गर्नु पर्ने भएमा लोकतान्त्रिक प्रकृयाबाट पदाधिकारीको निर्बाचन सम्पन्न गरिने छ ।
२३. अबिश्वासको प्रस्ताब
क) यस समुहको कुनै पनि पदाधिकारी वा सदस्य उपर बिश्वास छैन भनी कुल सदस्य संख्याको २५ प्रतिसतले लिखित रुपमा अबिश्वासको प्रस्ताब पेश गर्न सक्नेछन् । यसरी पेश भएको प्रस्ताब साधारण सभामा छलफल तथा निर्णयको लागि पेश गरी सर्बसहमतिले पारित भएमा निज ब्यक्तिहरु समुहको जिम्मेवारीमा रहने छैनन् ।
२४. बिधान संसोधन
क) यस समुहको बिधान संसोधन गर्न आवश्यक भए संसोधित मसौदा बिधान साधारण सभामा पेश गरी सो सभाको सम्पूर्ण सदस्यहरुको दुई तिहाई बहुमतले पारित गरि गाबिसबाट स्वीकृत भए पश्चात शंसोधित बिधान लागु हुनेछ ।
२५. नियम बनाउने
समुहले आफ्नो कार्य सम्पादन गर्न प्रचलित नेपाल कानुन र यस बिधानको अधिनमा रही आवश्यक नियम बनाइ लागु गर्न सक्नेछ र सो को जानकारी गा.बि.स. लाई दिनु पर्नेछ ।
२६. समिति बिगठन
समितिको बिधान बमोजिम कार्य सन्चालनल गर्न नसकी वा अन्य कुनै पनि कारणले समिति बिगठन भएमा समितिको सम्पूर्ण जायजेथा र दायित्व नेपाल सरकारमा सर्नेछ । तर ब्यक्तिगत बचत तथा सोबाट आर्जन भएको ब्याज तथा बोनस भने सदस्यलाई नै फिर्ता गरीने छ ।
२७. प्रचलित कानुन अनुसार हुने
यस बिधानमा उल्लेख नभएका कुराहरु प्रचलित नेपाल कानुन बमोजिम हुनेछ र प्रचलित नेपाल कानुनसंग बाझिन गएका कुराहरु बाझिए सम्म स्वतः अमान्य हुनेछ ।
२८ बिधानको ब्याख्या
यस बिधानको ब्याख्या गर्ने सम्पुर्ण अधिकार समिति तथा साधारण सभामा निहित हुनेछ ।
२९ .बिबिध
क) समितिले बर्ष भरी सन्चालन गरेको कार्यक्रमहरुको बिवरण गा.बि.स.तथा अन्य सम्बन्धित निकायहरुमा पेश गरिने छ ।
३० तदर्थ समिति
हामी .......................................... गाउपालिका ......................................... समिति ताप्लेजुङ नामक समितिको निम्न लिखित तदर्थ समितिका पदाधिकारीहरु यस बिधान बमोजिम कार्य गर्नु मञ्जुर भई यो बिधानमा सही छाप गर्दछौ।
No comments:
Post a Comment