रचना (कवि)ः- लक्षमीप्रसाद चुडाल
ए
लाक्पा दाइ !
समृद्धि
बोलेर आउदैन है,
तिम्रो
बारी बाझै छ,
उर्वर भूमिमा पसिना नबगाइ
उत्पादन आफै हुँदैन है,
दोर्जे
दाजू जङ्गलको जडिबुटी संकलन गरेर
कौडिको
भाउमा बेचेर समृद्धि आउदैन है,
भूगोल
र भूमिले पसिना मागेको छ,
औल, बेसी,
लेक हुँदै हिमाल सम्म,
जडीबुटी
खेती गरी आयूर्वेदिक औषधीको
उत्पादनमा
लाग्नुपर्छ,
एकले
थुकी सुकी सयले थुकी नदी सबै जाग्नुपर्छ,
के
हो समृद्धिको आधार अब खोज्नुपर्छ ।
विर्खे दाइ, ८-१० मुरी धान, २-४
मुरी मकै,
फलाएर
पेटपाला कामले समृद्धि आउदैन है,
३-४
फसल कमाइहुने खेतबारी आधा वर्ष बाझै राखी,
कोदो, खुदि,
चामलका बोराहरु ओसारेर
छाकटार्ने
प्रबृत्तिको अन्त्य गर्नै पर्ने भा छ,
करेसाबारी
बाँझै पारी,
कराइमा चाउ चाउ !
के
यो विडम्वना होइन?
अब
सचेत बन्नैपर्छ, पराइको सब्जी होइन
आफ्नै
गाँउको आफ्नै ठाउँको उत्पादनलाइ खानुपर्छ,
किन्ने
होइन हामी अब,
बेच्न बजार लानुपर्छ,
के
हो समृद्धिको आधार अब खोज्नुपर्छ ।
हाओ
! सुन्तली दिदि ! आज राडी, पाखी लोप भइसक्यो,
तिम्रा
साथीहरु याङ्की, फूलमती, नुप्पू, मिङमा जस्ताको
कलात्मक
सीपबाट निर्मित ओलाङ्चुङगोलाको गलैँचा,
शहरको
फलैचा झै दुर्लभ भैसक्यो,
काँस, पराल र
खोसेलाबाट निर्मित गुन्द्रि, पिरालाइ,
प्लास्टीकका
पालहरुले निलिसक्यो,
हाओ
निगाले कान्छा,
तिम्रो
डोको, डालो, थुन्से, नाङ्लो, पेचा, घुम र मान्द्रो,
त्यती
मात्र कहाँ हो र
आहा
! त्यो वेतको खाट र बच्चा सुत्ने कोक्रो
विदेशी
बस्तुले विस्थापित गरीसक्यो ।
अब, चुम्लुङ
गर्नुपर्छ अनि व्युझनुपर्छ,
के
हो समृद्धिको आधार अब खोज्नुपर्छ ।
ए
स्थानीय सरकार प्रमूख ज्यू,
खादा
र माला लगाउदै भेला र गोष्टीमा रमाउदै
समृद्धि
आउदैन है,
ठोस
उद्धेश्य निति, योजना र कार्यक्रम
किसान
र उद्योगी केन्द्रित बजेट निर्माण नै
लाग्छ
मलाई समृद्धिको आधार हो।
अलैची, अम्लिसो,
लोक्ता, अल्लो, अर्धेली
हावापानी
अनुसारको उत्पादनलाइ पर्गेली
कच्चा
वस्तु उत्पादनमा जोड दिनै पर्छ।
उत्पादन
र संरक्षणको निति लिनैपर्छ,
कपास खेती
बिस्तार गरी बुन्नुपर्छ खाँडी
चुँदाराको
तङ्बा, ठेकी, कुमालेको हाँडी,
बचाउनु
छ ढाकाटोपी,
चौबन्दी र सारी
आफ्नै
पहिचान आफ्नैपनको संस्कृतीमा रमाउनलाई,
उद्योग
खोली आयआर्जन गर्दै धन कमाउनलाई
के
हो समृद्धिको आधार अब खोज्नुपर्छ ।
ए !
ताप्लेजुङ बासी मित्रहरु !
यहाँ
च्याब्रुङ चम्किनुपर्छ,
तामाङ
सेलो तात्नुपर्छ,
नौमती
बाजा, मुर्चुङ्गा र डम्फुको तालमा
अनेक
अनेक पहिचान संगै रङ्गमञ्चमा
रङ्गिएर
संस्कृतीलाइ जोगाउनुपर्छ ।
समृद्धिका
आधार के हुन ?
बुझ्न ढिला गर्नुहुन्न।
मत
भन्छु, कृषी, उद्योग र पर्यटन विकास,
त्यसैले
कञ्चनजङ्घा,
पाथीभरा तिम्बुङ अनि
फूङफूङ्गेमा
पर्यटकलाइ तान्नुपर्छ,
प्रकृतीका
बर्दान हाम्रा ऐश्वर्य ती ठान्नु पर्छ।
यी
मनोरम दृश्यहरुमा पैसा छरीएको छ,
टिप्न
पनी जान्नुपर्छ।
तास
र क्यारमबोर्डमा भुलेर होइन
कर्मको
बाटो रोज्नुपर्छ,
के
हो समृद्धिको आधार अब खोज्नुपर्छ ।
*समाप्त*
No comments:
Post a Comment